सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २ मंसिर । केहि दिन देखि बढेको सुनको मूल्य सोमवार घटेको छ ।

नेपाली बजारमा सोमवार सुनको मूल्य प्रतितोला २ सय रुपैयाले घट्यो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार सुनको मूल्य प्रतितोला २ सयले घटेर छापावाला सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतवार छापावाल सुन प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी तेजाबी सुनमा पनि प्रतितोला २ सय रुपैयाँले कमी आउदै ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको मुल्यमा प्रतितोला रु ५ ले घटेर आज प्रतितोला ८ सय ५० रुपैयाँमा कारोवार भैरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here