किन लगाईन्छ रुखमा सेतो रंग ?

काठमाडौं । याद गर्नुहोस् वा वरिपरी हेर्नुहोस् त केही रुखहरुमा सेतो रंग लगाईएको हुन्छ । तपाईंलाई थाहा छ, रुखमा किन लगाईन्छ रुखमा सेतो रंग ?
हामीमध्ये धेरै मानिसहरुलाई लाग्न सक्छ कि रुखलाई आकर्षक बनाउनको लागि यस्तो गरिएका होला, तर, रुखमा रंग्याउनुका अन्य कारण पनि छन् ।

यसकारण लगाईन्छ रुखमा सेतो रंग

रुखमा सेतो रंग लगाउनुको मतलब यो सरकारी सम्पत्ति हो वा वन विभाग यसको संरक्षण गरिरहेको छ । यस्ता रुखहरु सरकारी सिफारीस बिना काट्न पाईदैन् । काटेमा कारबाही हुन्छ ।

यसकोे अर्को वैज्ञानिक कारण पनि छ, त्यो हो सेतो रंग टाढाबाट पनि देखिने कारणले रातिमा हुने दुर्घटनाबाट पनि यसले बचाउछ ।

यसका साथै रुखमा सेता रंग भएको कारण अन्य प्रकारका जंगली जनावर आएर रुख भाच्ने सम्भावना पनि कम हुने कारणले रुखमा सेतो रंग लगाईन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here