तीनदिन सवारी लाईसेन्स सम्बन्धि सम्पूर्ण काम बन्द (सूचना)

काठमाडौं, २ मंसिर । यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङ्गले प्रदान गर्दै आएको लाइसेन्स सम्बन्धि सेवा तीन दिनका लागि बन्द गर्ने भएको छ ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङ्गले सोमवार सूचना जारी गर्दै आगामी तीन दिनसम्मका लागि सम्पूर्ण काम बन्द हुने जनाएको छ ।

यातायात विभाग सूचना प्रविधि शाखा मिन भवन काठमाडौंले कार्तिक २९ गते यातायात व्यवस्था कार्यालयहरुलाई पत्र पठाउँदै सवारी चालक अनुमती पत्रको डेटावेस पुरानो सर्भरबाट नयाँ सर्भरमा माइग्रेट गर्नुपर्ने भन्दै तीन दिनका लागि लाईसेन्स सेवा अवरुद्ध हुने बताएको थियो ।

सोही पत्रका आधारमा आगामी मंसिर ४,५ र ६ गते सवारी चालक अनुमती पत्रसम्बन्धि सम्पूर्ण सेवाहरु बन्द हुने सूचनामा जनाईएको छ ।

सवारी चालक अनुमति पत्रका लागि ठूला भर्याङले आएको बायोमेट्रिक(फोटो खिच्ने कार्य), नविकरण र रसिद काट्ने कार्य प्रभावित बन्नेछ । कार्यालयले जारी गरेका सूचनामा विभागले सर्भर माईग्रेट गर्दा सेवाग्राहीमाथि पर्न गएको असुविधाको क्षमा मागेको छ ।

साथै मंसिर ४ गते बुधबारका दिन बायोमेट्रिक (फोटो खिच्ने) का लागि पालो कुरेकाहरुका लागि मंसिर १२ गते विहीबार फोटो खिच्ने व्यवस्था मिलाइएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here