विश्वकप छनोटः नेपाल र कुवेत भिड्दै, यस्तो छ नेपालको सुरुवाती ११

काठमाडौं, ३ मंसिर । विश्वकप छनोट अन्तर्रगत दोस्रो चरणको खेलमा आज नेपाल र कुवेत भिड्दै छन् ।

नेपाली समय अनुसार आज दिउँसो २ बजेर ४५ मिनेटमा नेपाल र कुवेत नेपालको हामगेम अन्तर्रगत भुटानमा खेल्दैछन् ।

अघिल्लो खेलमा कुवेतसंग ७—० गोल अन्तरले हारेको नेपालले आजको खेलमा भने सत प्रतिशत नतिजा निकाल्ने लक्ष्य सहित मैदान उत्रिएको बताईएको छ ।

यस्तो छ नेपालको सुरुवाती ११

१. किरण चेम्जोङ

२. रोहित चन्द

३. विक्रम लामा

४. रवी पासवान

५. अजित भण्डारी

६. अभिषेक रिजाल

७. अनन्त तामाङ्ग

८. सुजल श्रेष्ठ

९. राजिन धिमाल

१०.देबेन्द्र तामाङ्ग

११. तेज तामाङ्ग

यसअघि एन्फाले फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई यो खेलबाट प्रतिबन्ध लगाएको थियो ।

उनीहरु कात्तिक २९ गते राति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको भेटिएकाले एन्फाले कारबाही गरेको थियो ।