फेरि बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

काठमाडौं, ४ मंसिर । छापावाल सुनको मूल्य बुधवार पनि बढ्यो । बुधवार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

मंगलवार प्रतितोला ७२ हजार रपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा बुधवार १ रुपैयाँ बढ्दै प्रतितोला ७२ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

बुधवार तेजावी सुनको मूल्य पनि १ सय रुपैयाँले बढेको छ ।

मंगलवार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य बुधवार १ सय रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार ८ सय रुपैयाँ पुगेको महासंघले बताएको छ ।

बुधवार चाँदीको मूल्य पनि बढ्यो ।

मंगलवार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा बुधवार ५ रुपैयाँले बढ्दै प्रतितोला पनि ८ सय ६५ रुपैयाँ पुगेको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here