शेयर बजारको ओरालो यात्रा कायमै, नेप्से साढे १ अंकले घट्दा साढे ३० करोडको कारोवार

काठमाडौं, ४ मंसिर । शेयर बजारको ओरालो यात्रा बुधवार पनि कायमै रह्यो । बुधवार नेप्से परिसूचक १.६५ अंकले घटेर १ हजार १ सय २८.३४ अंकमा झरेको छ ।

बुधवार ‘क’ वर्गका कम्पनीहरुको मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि ओरालो लाग्यो । सेन्सेटिभ इन्डेक्स ०.२५ अंकले घटेर २ सय ४८.६७ अंकमा झर्यो ।

बुधवार बैंकिङ्ग र ट्रेडिङ बाहेक अन्य सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ७.३० प्रतिशत बढ्यो । त्यस्तै, बैकिङ्ग समुहको ०.०५ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै उत्पादन समुहको सूचक घट्यो । उत्पादन समुहको सूचक ०.७२ प्रतिशत घट्यो । त्यस्तै, जीवन बिमा कम्पनीको ०.६१ प्रतिशत, निर्जीवन बिमा कम्पनीको ०.५९ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

बुधवार १ सय ६५ कम्पनीको १० लाख ९७ हजार ९ सय २० कित्ता शेयर किनबेच हुँदा ३० करोड ३७ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

बुधवार सबैभन्दा धेरै साल्ट ट्रेडिङ कम्पनीका शेयर धनीले कमाए । साल्ट ट्रेडिङको शेयर मूल्य ९.९७ प्रतिशत बढ्यो । त्यस्तै, घोडीघोडा लघुवित्त वित्तीय संस्थाको ९.९२ प्रतिशत, जनउत्थान सामुदायीक लघुवित्त विकास बैंकको ८.०२ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा रिडी जलविद्युत विकास कम्पनीका शेयर धनी रहेका छन् । रिडी जलविद्युतको शेयर मूल्य ६.६६ प्रतिशत घट्यो । अन्य कम्पनीको शेयर मूल्य सामान्य अंकले घट्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार एनएमबी बैंकले गर्यो । बैंकले ३ करोड ५४ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here