रेडमी नोट ८ प्रो सार्वजनिक, ४८ एमपी क्वाड-क्यामेरा सेटअप

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले बुधबार रेडमी नोट ८ सिरिजको स्मार्टफोन सार्वजनिक गरेको छ ।

क्वाड क्यामेरा सेटअप भएको विश्वकै पहिलो रेडमी नोट ८ सिरिजले फेरि एकपटक स्मार्टफोन सेग्मेन्टमा तहल्का मच्चाउने कम्पनीको दावी छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘स्मार्टफोन श्रेणीमै रेडमी नोट सिरिज अब्बल रहँदै आएका छन् । प्रत्येक रेडमी नोटले प्रविधिका पर्खालहरु नाघेर यथास्थीतिलाई चुनौति दिँदै भ्यालु प्रोपोजिशनलाई पुनःपरिभाषित गरेको छ ।

हामी ६४ एमपी क्वाड–क्यामेरा बिस्ट– रेडमी नोट ८ प्रो सार्वजनिक गर्न पाउँदा निकै खुशी छौं । विश्वकै ६४ एमपी क्यामेराका साथ हेलियो जी९०टी चिपसेट भएको यो स्मार्टफोनले गेमिङ र फोटोग्राफीमा नयाँ बेन्चमार्क कायम गर्नेछ ।’

रेडमी नोट ८ प्रो – ६४ एमपी क्वाड क्यामेरा बिस्ट

शक्तिशाली ६४ एमपी क्वाड क्यामेरा सेटअप र समान सक्षम चिपसेट भएको फोन हो । यसको फ्रन्ट क्यामेरा सेटअपमा २० एमपी सेल्फी सुटर छ । अक्टा–कोर हेलियो जी ९० टी मोबाइल प्लायटफर्मले यो सेग्मेन्टमा बेजोड गेमिङ क्षमता ल्याएको छ ।

रिफ्रेस औरा डिजाइनमा अद्भुत गाम्मा ग्रिन कलर र डुअल कोर्निङ गोरिला ग्लास ५ भएको रेडमी नोट ८ प्रो सुन्दर, इग्रोनोमिक डिजाइनको दुलर्भ संयोजन हो ।

एक पूर्ण एचडी प्लस १६.५ सीएम (६.५३) डट नोच डिस्प्ले र १९.५ः९ एसपेक्ट रेसियोका साथ यसको सबै भागमा पातलो बेजल छ ।

रेडमी नोट ८ प्रो को रिअरमा ८.८ एमएम मोटाइ भएको कर्बड ग्लास रहेको छ जसले यसलाई हातमा राख्दा सजिलो महशुस गराउछ ।

दिनभर टिक्ने ब्याट्री लाइफ नोट सिरिजको विशेषता नै हो र यो पटक ४५०० एमएएच ब्याट्री (१८ वाट्ट चार्जर)ले पुरै दिन उत्किृष्ट गेमिङ र फोटोग्राफीका लागि उपयुक्त मानिएको छ ।

६४ एमपी क्वाड क्यामेरा सेटअप

पहिलो पटक रेडमी नोट सिरिजमा ४ वटा क्यामेरा छ । यसमा फोटो र भिडियोका लागि ६४ एमपी मुख्य क्यामेरा, १२० डिग्री दृश्यका साथ अल्ट्रा वाइड एङगल लेन्स, डेप्थ सेन्सर र म्याक्रो लेन्स रहेको छ जसले २ सीएमसम्म दृश्यको नजिक पुर्याउछ ।

यसले रेडमी नोट ८ प्रो लाई अत्यन्त बहुमुखी इमेजिंग टुल बनाएको छ जसमा प्रयोगकर्ताहरुले विभिन्न परिपे्रक्ष्य र दृश्यहरु खिच्न सक्छन् ।

विश्वकै पहिलो ६४ एमपी स्मार्टफोन, रेडमी नोट ८ प्रो मा परिष्कृत इमेजिंग प्रविधिको प्रयोग गरिएको छ जसले तस्वीरहरु तीव्र, विस्तृत र आकर्षक रंग उचित ढंगले खिच्दछ ।

कम प्रकाशमा, रेडमी नोट ८ प्रो को मुख्य क्यामेराले स्वचालित रुपमा सुपर पिक्सल ट्रिगर गर्दछ र ४ पिक्सलबाट प्राप्त भएको जानकारीलाई एउटैमा मिलाएर प्रयोगकर्तालाई अविश्वसनीय विवरण सहित १६ एमपी सट प्रदान गर्दछ ।

एलेक्सा बिल्ट–इन विथ डुअल वेक

रेडमी नोट ८ प्रो अमेजन एलेक्सा बिल्ट इन सार्वजनिक गर्ने नेपालकै पहिलो स्मार्टफोन हो । यसले प्रयोगकर्ताहरुलाई अन्तक्र्रिया गर्न र एकैपटक विभिन्न कार्यहरु कार्यान्वयन गर्न मद्दत गर्दछ जसमा संगीत बजाउने पनि समावेश छ

तर यतिमा मात्रै सिमित छैन, द्रुत समाचार अपडेट प्राप्त गर्दै, स्मार्ट होम नियन्त्रण गर्ने, रियल टाइममा मौसमको जानकारी प्राप्त गर्ने र एलेक्सा किवर्ड प्रयोग गरेर एलेक्साको हजारौं मध्यको एक सीप चयन गर्न पनि सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here