मारुती सिमेन्टलाई एनएस क्वालिटी अवार्ड

काठमाडौं,५ मंसिर । मारुती सिमेन्ट एन.एस क्वालिटी अवार्ड २०१९ (एन एस :४९ मार्कड अर्डिनरी पोर्टल्याण्ड सिमेन्टस ) बाट सम्मानित भएको छ ।

क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा विक्री वितरणको लागि एनएस तथा आईएसओ ९००१ः२०१५ र क्लिंकर–क्रसिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवं ओपीसी सिमेन्टको लागि एनएस/आईएसओ १४००१ः२०१५ द्वारा सम्मानित नेपालकै पहिलो कम्पनी रहेको कम्पनीको दाबी रहेको छ ।

सम्मान ग्रहण कर्यक्रममा बोल्दै ब्राण्ड म्यानेजर राजु श्रेष्ठले यस सफलताको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता तथा मारुती सिमेन्टसँग आबद्ध सम्पूर्ण सहकर्मीहरु जाने बताए ।

पूर्वाञ्चलको उदयपुर पहाडी क्षेत्रमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक रोटेरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्टद्वारा सर्वोत्कृष्ट ओ.पि.सी. सिमेन्ट – मारुती सिमेन्टको उत्पादन भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here