काठमाडौं,५ मंसिर । एयरलाइन्सको सेफ्टी अडिटमा आनाकानी गरिरहेको चीनले आगामी महिना टोली पठाउने सुनिश्चित गरेको छ । नेपाल एयरलाइन्सका एक उच्च अधिकारीका अनुसार डिसेम्बरमा अडिटका लागि आउने गरी चीनले पत्र पठाइसकेको छ ।
त्यसको तयारीमा नेपाल एयरलाइन्ससमेत जुटेको छ । चिनियाँ टोलीलाई सहजिकरण गर्न उच्चस्तरीय सहजिकरण टोलीसँगै प्राविधिक टोलीहरु बनाएर अडिटका लागि सहयोग गर्न लाागिएको निगमले जनाएको छ ।
नेपाल एयरलाइन्स चीनको ग्वांझाउमा जान चाहिरहेको छ । तर, चीनले नेपाल एयरलाइन्सको सेफ्टी अडिटबीना अनुमति दिन नसकिने बताउँदै आएको छ ।
सोहीकारण नेपाल एयरलाइन्सको गन्तब्य बिस्तारको काम समेत प्रभावित भएरहेको छ । छिमेकी मुलुक भएपनि चीनले हवाई माग र यसको विजनेशमा भने एक्लौटी हालिमुहाली गरिरहेको छ ।
नेपालले चीनको उक्त दादागिरि चिर्न सकेको छैन । अहिले चीनबाट ५ वटा एयरलाइन्स नेपाल आउने गरेका छन् । नेपालबाट अघिल्लो महिना मात्र हिमालय एयरलाइन्सले उडान थाल्यो । त्यो पनि चीनकै बहमुत शेयर लगानी भएको कम्पनी हो ।
सेफ्टी अडिटपछि चीनमा उडान बिस्तार गर्न कुनै समस्या छैन, उनले भने चीन पछिल्लो समय सकारात्मक छ । निगमले जापानमा समेत नारिताका लागि उडानको तयारी गरिरहेको छ ।
अब निकट भविश्यमा त्यसको टुंगो लगाइने नेपाल एयरलाइन्सको तयारी रहेको छ । नारिता जापानमा धेरै नेपाली रहेको शहर हो । नारिता विमानस्थल संसारकै व्यस्त मध्ये एक समेत हो ।