आइफोन ११ ,११ प्रो र ११ प्रो म्याक्स नेपालमा, मूल्य कति ?

काठमाडौं, ६ मंसिर । एप्पलको नेपालकालागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले एप्पलका नयाँ उत्पादन आज सार्वजनिक गर्ने भएको छ ।

एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले मंसिर ६ गते देखि नेपाली बजारमा आइफोन ११ ,११ प्रो र ११ प्रो म्याक्स सार्वजनिक गर्न लागेको हो ।

नेपालमा सार्वजनिक भएपछि आइफोन खरिद गर्ने पहिलो दुई सय जनाले आइफोनको खरिदमा निशुल्क बेल्किन वायरलेस चार्जर पाउने छन।

त्यस्तै प्रत्येक आइफोन खरिदकर्ताले आइफोन खरिदमा हात खालि नजाने कुपन जित्नेछन भने १२ साताको लागि प्रत्येक हप्ता एनसेलको एक हजार एमबि जित्न सक्नेछन।

जेनरेशन नेक्स्टका आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर , मोबाइल ट्रोन, फ्युचर टेक ट्रेड, एस आर इम्पेक्सबाट उक्त मोवाइल सेटहरु किन्न सकिनेछ ।

आइफोन किन्ने पहिलो २ सय ग्राहकले बेल्किनको वायरलेस चार्जर निशुल्क पाउँनेछन् ।सबै क्रेताहरुले भने स्क्र्याच कुपन प्राप्त गर्ने र १२ महिनाको लागि प्रत्येक हप्ताको एक हजार एमबीको डाटा निःशुल्क प्राप्त गर्नेछन् ।

आइफोन ११ संस्करणअन्तर्गत ६४ जीवी मेमोरी भएकोलाई एक लाख १० हजार पाँच सय, १२८ जीवी मेमोरी भएकोलाई एक लाख १८ हजार तीन सय, २५६ जीवी मेमोरी भएकोलाई एक लाख ३४ हजार रुपियाँ मूल्य कायम गरिएको छ ।

यी फोनहरु कालो, सेतो, हरियो, पहेंलो, रातो, वैजनी रंगमा उपलब्ध छन् । त्यस्तै, आईफोन ११ प्रो संस्करणअन्तर्गत ६४ जीवी मेमोरी भएकोलाई एक लाख ५७ हजार २५०, २५६ जीवी मेमोरी भएकोलाई एक लाख ८० हजार नौ सय र ५१२ जीवी मेमोरी भएकोलाई दुई लाख ११ हजार आठ सय रुपियाँ मूल्य कायम गरिएको छ ।

यी फोनहरु खरानी, स्पाइस ग्रे, गोल्ड, मिडनाइट ग्रिन रंगमा उपलब्ध छन् । साथै, आइफोन ११ प्रो म्यास संस्करणअन्तर्गत ६४ जीवी मेमोरी भएकोलाई एक लाख ७२ हजार आठ सय, २५६ जीवी मेमोरी भएकोलाई एक लाख ९६ हजार छ सय र ५१२ जीवी मेमोरी भएकोलाई दुई लाख २७ हजार चार सय रुपियाँ कायम गरिएको छ ।

यी फोनहरु सिल्भर, स्पाइस ग्रे, गोल्ड र मिडनाइट ग्रिन रंगमा उपलब्ध छन् । जेनरेशन नेक्स्टले सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा एक वर्षको वारेन्टी लिन आधिकारिक च्यानलहरुबाट मात्र फोन खरिद गर्न आग्रह गरेको छ ।

कम्पनीको आधिकारिक डिलरहरुः इभो स्टोर, ओलिज, फ्यूचर वल्र्ड, आइस्टोर, मोबाइल ट्रोन, फ्युचर टेक ट्रेड, एस आर इम्पेक्सबाट मात्र खरिद गर्न सकिने जनाइएको छ ।

कुन मोडलको कतिपर्छ मूल्य ?

आइफोन ११

६४ जिबी- १ लाख १० हजार ५ सय
१२८ जिबी- १ लाख १८ हजार ३ सय
२५६ जिबी- १ लाख ३४ हजार

आइफोन ११ प्रो

६४ जिबी- १ लाख ५७ हजार २ सय ५०
२५६ जिबी -१ लाख ८० हजार ९ सय
५१२ जिबी – २ लाख ११ हजार ८ सय

आइफोन ११ प्रो म्याक्स

६४ जिबी- १ लाख ७२ हजार ८ सय
२५६ जिबी -१ लाख ९६ हजार ६ सय
५१२ जिबी -२ लाख २७ हजार ४ सय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here