देउसी-भैलोबाट सकंलित रकमले विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री

काठमाडौं । जिपि कोईराला अध्ययन केन्द्रले देउसी भैलो कार्यक्रमबाट सकंलित रकम तादि गाँउपालिका १ उर्लेनीमा रहेको गगांदेवी प्राबि,सुन्दरादेवी माबि,मगंलेश्वरी प्राबिमा कम्प्युटर,शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ।

हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि तथा सस्थाका महासचिव निरन्जन थापा उक्त सामाग्री हस्तान्तरण गरेका हुन।

कार्यक्रम नेबिसघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट,वडा सभापति यादवराज खनाल,नेबिसघं जिल्ला कोषाध्यक्ष स्वेच्छा उप्रेती,नेबिसघका नेताहरु पवन थापा,सन्तोष गुरुङ,राजु केसि,पुर्व वडा अध्यक्ष बद्रि थापा,बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु धुर्व तामाङ,अर्जुन तामाङ,वडा सदस्यहरु केशब थापा,राम तामाङ सम्बन्धि स्कुलका प्रअ बिद्यार्थी तथा स्थानिय अभिभावकहरुको उपस्थिति रहेको स्वेच्छा उप्रेतीले जानकारी दिए दिईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here