समिटले थप्यो नयाँ जहाज

काठमाडौं,६ मंसिर । निजी क्षेत्रको वायुसेवा कम्पनी समीट एयरले नयाँ जहाज थपेको छ । कम्पनीका अनुसार ९एनएएनडी जहज बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

कम्पनीले दूर्गम भेगका पहाडी तथा हिमाली क्षेत्रका विमानस्थलमा उडान सेवा दिँदै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक प्रक्रिया पुरा गरी जहाजलाई व्यवसायिक उडानमा लगाउने योजना कम्पनीको छ ।

यस कम्पनीले लुक्लासहित सिमिकोट, जुम्लालगायत भेगमा सुरक्षित उडान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here