श्रममा गोकर्णको सुधार, अब श्रम स्वीकृति अनलाइनबाटै

Photo: THT/ File

काठमाडौं, ८ मंसिर । निवर्तमान श्रम मन्त्री गोकर्ण विष्टले श्रम क्षेत्रमा गरेका कामको रिजल्ट देखिन थालेका छन् । उनकै पहलमा बैदेशिक रोजगार विभागले ५ महिना अगाडीबाटै शुरु गरेको श्रम स्वीकृतिका लागि अनलाइन प्रणाली १ डिसेम्बर २०१९ (१५ मंसिर)बाट कार्यान्वयनमा आउने भएको छ ।

विभागका महानिर्देशक भिष्म भुषालका अनुसार अब युवाले श्रम कार्यालयमा थामिनसक्नु लाइन बसेर श्रम स्वीकृति लिनु पर्ने छैन । इ-टोकन प्रणाली प्रारम्भ भएको छ । यसको केही समय भित्रै पैसा समेत विद्यूतीय माध्यमबाट भुक्तानी शुरु हुँदैछ ।

जसले गर्दा युवा लाइनमा त बस्नु पर्ने छैन नै, विचौचिया र दलालहरुको हालिमुहालीसमेत अन्त्य हुने भएको छ । युवाले इ-टोकनका माध्यमबाट आफ्नो पालो पर्ने दिन श्रम कार्यालय पुगी सहजै श्रम स्वीकृति लिन सक्नेछन् ।

श्रम स्वीकृतिका लागि अनलाइन फारम भर्ने बित्तिकै श्रम स्वीकृति लिने पायकको कार्यालय आफैले रोज्न सकिने छ । जहाँ छिटो पालो आउँछ, सोही कार्यालय रोजेर स्वीकृति लिन पाइने भएको छ । श्रम स्वीकृति स्वीकृत भएको वा नभएको जानकारी मोवाइलमा एसएमएसका माध्यमबाट आउने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here