कंगना बलिउडकै महंगी अभिनेत्री, जयललिता बन्न २४ करोड भारु

बलिउडकी क्विन भनेर चिनिने कंगना रनावत भारतको सर्वाधिक महंगी अभिनेत्री बनेकी छिन् । उनले तमिलनाडुकी पूर्व मुख्यमन्त्री जे जयललिताको जीवनीमा आधारित फिल्मकोे लागि २४ करोड भारु पारिश्रमिक लिने पक्का भएको छ ।

फिल्म सम्बद्ध एक स्रोतका अनुसार निर्माण पक्ष कंगनालाई तामिल र हिन्दी गरी दुई भाषामा बन्ने उक्त फिल्मको लागि उनको माग अनुसार २४ करोड भारु दिन तयार रहेको छ । यी स्टार अभिनेत्रीको प्रभावले फिल्म ठूलो दर्शक हिस्सामा पुग्न सफल हुने विश्वास निर्माताहरुले लिएका छन् । निर्माताहरुले अभिनेत्रीलाई साइन गराइसकेका छन् ।

फिल्मको शिर्षक तामिलमा ‘थलैवी’ र हिन्दीमा ‘जया’ राखिने छ । विजयले निर्देशन गर्ने उक्त फिल्म केभी विजयेन्द्र प्रसादले लेखेका हुन् ।

बलिउडमा महिला कलाकारको लागि २४ करोड भारु पारिश्रमिक धेरै ठूलो मानिन्छ ।

यसअघि सबैभन्दा धेरै लिने दिपिका पादुकोणले सन्जय लिला भन्सालीको पद्यावतको लागि १३ करोड भारु लिएकी थिइन् । त्यस्तै, अर्की चल्तीकी अभिनेत्री करिना कपुर खानले ‘विरे दि वेडिङ’ सफल भएपछि १० करोड लिन थालेकी छिन् ।

आफ्नो जन्मदिनको अवसरमा मिडियासँग जयललिताको बायोपिकको बारेमा कुरा गर्दै कंगनाले आफूले सँधै क्षेत्रीय फिल्ममा काम गर्न चाहेको बताएकी थिइन् ।

उनले भनेकी थिइन, ‘तमिलनाडु र आन्ध्र प्रदेशका मानिसहरुले त्यहीँका स्थानीय फिल्म उद्योगमा बन्ने गरेका फिल्महरु हेर्न रुचाउने भएकाले देशको ती भागका दर्शकहरुसँग मेरो सम्बन्ध छैन ।

त्यसैले त्यहाँ केही गर्न राम्रो अवसरको खोजीमा थिँए र यसैक्रममा फिल्म आयो ।’
फिल्मको लागि तामिल भाषा सिक्ने पनि उनले बताएकी छिन् ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here