‘शुल्क बढी लिने मेडिकल कलेजले भोलिसम्म शुल्क फिर्ता नगरे सञ्चालकलाई पक्राउ गर्नु’

काठमाडौं, ९ मंसिर । गृह मन्त्रालयले सरकारले तोकेको शुल्कभन्दा बढी रकम लिएका मेडिकल कलेजले रकम फिर्ता नगरे ती मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गर्न ले निर्देशन दिएको छ।

सोमबार गृह मन्त्रालयमा बसेको बैठकले मंगलवारसम्म रकम फिर्ता नगरे मेडिकल संचालकलाई पक्राउ गर्न निर्देशन दिएको हो।

गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, महान्यायाधिवक्ता अग्नीप्रसाद खरेल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच सोमबार गृहमन्त्रालयमा भएको छलफलपछि कलेज सञ्चालकहरुलाई शुल्क फिर्ता गर्न मंगलबारसम्मको अन्तिम अल्टिमेटम दिइएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

केही समयदेखि चिकित्साशात्र अध्ययनरत विद्यार्थीहरु कजेल संचालकहरुले बढि शुल्क लिएको भन्दै आन्दोलनरत छन् ।

गत असोज ६ गते सरकारले एक महिनाभित्र रकम फिर्ता गर्न सरकारले निर्देशन दिएको थियो। तर सरकारको निर्णय मेडिकल संचालकहरुले मानेका थिएनन्।

बैठकमा गृहमन्त्री थापाले सरकारले २०७२ सालमा निर्धारण गरेको शुल्कभन्दा बढी लिएकोमा फिर्ता गराउन राजनीतिक समाधान र कानुनी प्रक्रिया दुबै अगाडि बढाउने बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here