पश्चिमी वायुले मुलुकभर चिसो बढ्यो,कस्तो रहन्छ आगामी तीन दिन ?

काठमाडौं, १० मंसिर । मुलुकभर चिसो बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार पश्चिमी वायुको प्रभावले मुलुकभर चिसो बढेको हो ।

अरेबियन सागर र भारतको जम्मुकास्मिर हुँदै भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा हिमपात शुरू भएको छ।

सोमबार पूर्वी पहाडी र हिमाली भेगमा हल्का हिमपात शुरू भएको र आज मंगलबारदेखि मध्यभेग, कर्णाली र सुदूरपश्चिमका उच्च भेगमा पनि त्यस्तो प्रभाव रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार

दिउँसो: देशैभर आंसिक देखि सामान्य बदलि रहनेछ । सुदूर-पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

राती: देशैभर आंसिक देखि सामान्य बदलि रहनेछ । सुदूर-पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

बुधबार

दिउँसो: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी भूभागमा आंशिक वदली रहनेछ । पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

राती: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

बिहिबार

दिउँसो: देशैभर आंसिक देखि सामान्य बदलि रहनेछ ।पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

राती: देशैभर आंसिक देखि सामान्य बदलि रहनेछ | पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here