प्रतितोला ४०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १० मंसिर । मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

सोमवार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलवार ४ सय रुपैयाँले घटेर प्रतितोला ७१ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

मंगलवार तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँले घट्यो ।

सोमवार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य मंगलवार ४ सय रुपैयाँ घट्दै प्रतितोला ७० हजार ९ सय रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

मंगलवार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढ्यो ।

सोमवार प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा मंगलवार ५ रुपैयाँले बढ्दै प्रतितोला ८ सय ५० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here