शेयर बजार फेरी ओरालोतर्फ, नेप्से १ अंकले घट्दा साढे २९ करोडको कारोबार

काठमाडौं, १० मंसिर । सोमवार स्थिर देखिएको शेयर बजार मंगलवार पुन ओरालो लागेको छ । मंगलवार नेप्से परिसूचक ०.९१ अंकले घटेर १ हजार १ सय ९.१६ अंकमा झरेको छ ।

मंगलवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स भने केही अंकले बढेको छ । सेन्सेटिभ इन्डेक्स ०.११ अंकले बढेर २ सय ४५.४९ अंकमा पुगेको छ ।

मंगलवार ट्रेडिङ, जलविद्युत र बैकिङ बाहेक अन्य सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङ समुहको सूचक ३.९९ प्रतिशतले बढ्यो ।

सबैभन्दा धेरै उत्पादन समुहको सूचक बढ्यो । उत्पादनको सूचक ०.७३ प्रतिशतले बढ्यो । त्यस्तै, अन्य समुहको ०.६२ प्रतिशत, होटल समुहको ०.५९ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

मंगलवार १ सय ६५ कम्पनीको ११ लाख ३४ हजार १५ कित्ता शेयर किनबेच हुँदा २९ करोड ५८ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोेशनका शेयर धनीले कमाए । साल्ट ट्रेडिङको शेयर मूल्य ६ प्रतिशतले बढ्यो । त्यस्तै, नेशनल हाईड्रो पावर कम्पनीको ४ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा यूनियन हाईड्रोपावरका शेयर धनी रहेका छन् । हाईड्रोपावरको शेयर मूल्य ५.६६ प्रतिशत घट्यो । त्यस्तै, सेन्ट्रल फाइनान्सको ३.५७ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

मंगलवार सबैभन्दा धेरै कारोबार नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो । बैंकले ५ करोड ८१ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here