‘द हन्ड्रेड’ क्रिकेटको तालिका सार्वजनिक,सन्दिप आवद्ध टिमको खेल कहिले ?

काठमाडौं, १० मंसिर । इङ्ल्यान्डड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने खेलको तालिका मंगलबार सार्वजनिक भएको छ । तालिका अनुसार सन् २०२० को १७ जुलाई देखि १५ अगस्टसम्म खेल हुनेछ।

प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछानेले ओभल इन्भेन्सीबल्सबाट खेल्ने छन् । एकसय बलको हुने ‘द हन्ड्रेड’ मा पहिलो खेल सन्दीप आबद्ध टोली ओभलले वेल्स फाएरसँग जुलाई १७ मा खेल्नेछ ।

दोस्रो खेल ओभलले म्यानचेस्टर ओरिजिन्लससँग जुलाई २५, जुलाई २६ मा साउदर्न ब्रेभ, २९ मा लन्डन स्प्रिट, अगस्ट २ मा ट्रेन्ट रकेट्स, अगस्ट ६ मा लन्डन स्प्रिट र अन्तिम खेल अगस्ट ११ मा बर्मिङ्घम फोनेक्ससँग खेल्नेछ । यसअघि इन्भेन्सीबल्सले सन्दीपलाई एकलाख पाउण्ड (करिब एक करोड ४७ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो ।

विश्वका ठूला फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै सर्वाधिक रकम पाएका हुन् । ‘द हन्ड्रेड’ मा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । हरेक टोलीमा तीनजना विदेशी खेलाडी राख्न पाउनेछन् ।

‘द हन्ड्रेड’ क्रिकेटको फर्म्याट निकै फरक

‘द हन्ड्रेड’ क्रिकेटको फर्म्याट अन्य खेलको भन्दा निकै फरक रहेको छ । यो लिगमा ८ टिमहरु बर्मिंघम फोनिक्स, लण्डन स्पिरिट, म्यान्चेस्टर ओरिजिनल्स, नर्दर्न सुपरचार्जर्स, ओभल इन्भिन्सिबल्स, साउदर्न ब्रेभ्स, ट्रेन्ट रकेट्स र वेल्स फायर छन् । सन्दिप बर्मिंघम फोनिक्समा आबद्ध रहेका छन् । प्रतियोगिता सन् २०२० को १७ जुलाइदेखि १६ अगस्टसम्म आयोजना हुनेछ ।

नेपालका सन्दिप लामिछाने अवद्ध टीममा विदेशी खेलाडीहरुमा बंगलादेशका शाकिब अल हसन र वेष्ट इण्डिजका निकोलस पुरन छन् हरेक टोलीमा तीन जना विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । बाँकी सबै खेलाडी इङल्याण्डका हुन् । सेतो बलबाट खेलिने यो लिगको नियम क्रिकेटका अन्य फर्म्याटको भन्दा निकै फरक छ । इङल्याण्ड र वेल्स क्रिकेट बोर्डले यसका नियम सार्वजनिक गरेको छ ।

यो फरम्याटमा एक इनिङमा १०० बल हुनेछन् । रोचक त के भने यसमा क्रिकेटका अन्य फरम्याट टेस्ट, वनडे, टि–२० र हालै प्रचलनमा आएको टि–१० मा जस्तो ६ बलको एक ओभर हुने छैन ।

यसमा बलिङ गर्ने इण्ड हरेक १० बलमा परिवर्तन हुनेछ । क्रिकेटका हाल प्रचलनमा रहेका अन्य सबै फरम्याटमा भने ६ बल अर्थात एक ओभरपछि बलिङ इण्ड परिवर्तन हुने गर्छ । द हण्ड्रेडमा एक बलरले अधिकतम २० बल बलिङ गर्न पाउनेछन् ।

यो नियम भने अन्य सीमित ओभरका क्रिकेटमा जस्तै अर्थात एउटा बलरले इनिङको कूल बलमध्ये २० प्रतिशत मात्र बलिङ गर्न पाउने नै कायम छ । टि–२० मा २ मिनेटको स्ट्राटेजिक टाइम आउट दिने प्रचलन छ तर यसमा भने हरेक बलिङ गर्ने टिमले एक पटक मात्र ३० सेकेण्डको स्ट्राटेजिक टाइम आउट पाउनेछन् । द हन्ड्रेडमा सुरुका २५ बल पावरप्ले हुनेछ । पावरप्लेमा बलिङ गर्ने टिमका २ जना मात्र फिल्डर ३० यार्डको घेराबाहिर बस्न पाउनेछन् ।

तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here