जगदगुरु महायोगी सिद्धबाबामाथि चरित्र हत्या गर्ने दुष्प्रयास,संगठित गिरोहहरु सक्रिय

काठमाडौं, १० मंसिर । जगदगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबाको चरित्र हत्या गर्न एक गिरोह सक्रिय भएको छ ।

रामानन्दाचार्य सेवा पीठ चतरा, श्रीराम तारक ब्रम्ह पीठ सुनसरी चतरा र महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष जगदगुरु माथि विभिन्न षडयन्त्रको साथ एक टोली सक्रिय रुपमा विभिन्न प्रचार बाजी गरिरहेका छन् ।

धर्म संस्कृति र अध्यात्मिक चिन्तनलाई कमजोर पार्ने उद्देश्यका साथ सुनियोजित रुपमा चरित्रहत्या गर्न खोजिएको भन्दै महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण गराएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सरकार समक्ष घटनाको निष्पक्ष छानविन गरी निराधार आरोप लगाउने दोषीमाथि कारबाहीको माग समेत गरेको छ ।

सुनसरीको चतरामा आश्रममा रहेका महायोगी सिद्धबाबामाथि यौन दुव्र्यवहारको आरोप लगाएपछि प्रतिष्ठानले सिद्धबाबाविरुद्ध गलत अभिप्रायका साथ केही व्यक्तिहरु लागेको उल्लेख गरेको छ ।

प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले सिद्धबाबाविरुद्ध कुतसीत नियतले चरित्रहत्या गर्न केही संगठित समूह सक्रिय रहेको बताए । उनले भने,‘ सिद्धबाबाविरुद्ध कुत्सीत नियतले चरित्रहत्या गर्ने गरी केही संगठित प्रयास भइरहेकोले त्यसतर्फ सजग रहन आग्रह गर्दछौं ।’

उनले नेपाल भूमि सिद्ध सन्त महापुरुषको भूमी भएको र त्यसै कडीमा हाल समाधीसिद्ध महायोगी सिद्धबाबा अर्थतन्त्रको विकासका लागि हरित अभियान, प्राकृतिक चिकित्सा विज्ञान जस्ता महत्वपूर्ण अभियानमा रहेको अवस्थामा गम्भीर आरोप लगाउनुलाई षड्यन्त्र भनेका छन् । सिद्धबाबाले भक्ति उपासना मार्गमा आकर्षित गराउन समाधी अवस्थालाई पटक पटक सार्वजनिक गरेको समेत उल्लेख गरे ।

प्रतिष्ठानका उपाध्यक्ष विश्वप्रकाश पण्डितले सिद्धबाबाविरुद्ध संगठित गिरोह लागेकाले तत्काल छानविन गरी कडा कारबाहीको माग गरे । संगठित गिरोहविरुद्ध प्रहरीमा निवेदन समेत दिइएको उनको भनाई थियो ।

पण्डितले भने,‘उहाँको चरित्र हत्या गर्ने उद्देश्यले विगतमा पनि महिलाहरुलाई प्रयोग गर्ने प्रयास असफल भएको थियो । फेरि त्यो प्रयास सुरु भएको हुँदा त्यसलाई बुझि सो षड्यन्त्रउपर अनुसन्धान गर्न प्रहरीमा निवेदन दिइसकेका छौं ।’ सिद्धबाबालाई यौन र्दुव्यवहार जस्तो कल्पनै गर्न नसकिने आरोप लगाउन खोजिएको विषयलाई सुनियोजित षड्यन्त्र भनेका छन् ।

जगतगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबाका रुपमा परिचित सिद्धबाबा निकै लोकप्रीय छन् । पछिल्लो समय उनको चरित्रमाथि आँच पुग्ने आरोपहरु लागेका छन् ।

प्रेस विज्ञप्ति

नेपाल आमाका बरद पुत्र जगद गुरु रामानन्दाचार्य सेवा पीठ चतरा, श्रीराम तारक ब्रम्ह पीठ सुनसरी चतरा र महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठान नेपालका संस्थापकरपीठाधिशरअध्यक्ष जगत गुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबालाई अध्यात्म जगतका सबै सम्प्रदाय, आनी, अखडा र शंकराचार्य समेतको ऐक्यमतबाट नेपालको चतरा र भारतको अयोध्यामा विशेष समारोह आयोजना गरी जगत गुरुमा प्रतिष्ठित गरिनु नेपालको गौरव बृद्धिको आयाम हो ।

महायोग, आयुर्वेद, ज्योतिष विज्ञान र नाडी विज्ञानका निष्णात विद्धान उहाँको अध्यात्मिक उचाईंको इष्र्या गरी नेपालको धर्म संस्कृतिमाथि हालसालै पत्रकार सम्मेलन गरी असिष्ट, अमर्यादित र प्राच्य धर्मदर्शनप्रति आक्रमण गर्ने जुन कुत्सित प्रयास भएको छ, त्यसको हामी घोर भत्सना गर्दछौं । उहाँको चरित्र हत्या गर्ने उद्देश्यले विगतमा पनि महिलाहरुलाई प्रयोग गर्ने प्रयास असफल भएको थियो ।

फेरि त्यो प्रयास सुरु भएको हुँदा त्यसलाई बुझि सो षड्यन्त्रउपर अनुसन्धान गर्न २०७६/७/१९ मा हामीले नेपाल प्रहरीको सम्बन्धित कार्यालयमा दिएको निवेदन उपर प्रहरीले अनुसन्धान गरिरहेको हाम्रो विश्वास छ ।

त्यसपछि यौन दूव्र्यवहार जस्तो कल्पनै गर्न नसकिने आरोप लगाउन खोजिएको कुरालाई सुनियोजित षड्यन्त्र भएको हामीले ठानेका छौं । त्यसको भत्सना गर्दै यसको विरुद्ध व्यापक अनुसन्धान गर्न नेपाल सरकारको सम्बन्धित निकायसँग अनुरोध गर्दछौं ।

वरिष्ठ उपाध्यक्ष
गाविन्दबाबु तिवारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here