एनआईसी एशिया क्यापिटललाई ‘आईएसओ सर्टिफाइड’ प्रमाणपत्र

काठमाडौं, ११ मंसिर । एनआईसी एशिया क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘आईएसओ ९००१ः२०१५ सर्टिफाइड’ प्रमाणपत्र प्राप्त गरेको छ ।

यससँगै एनआईसी एशिया क्यापिटल आईएसओ ९००१ः२०१५ सर्टिफाइड प्राप्त गर्ने पहिलो मर्चेण्ट बैंकर बन्न सफल भएको छ ।जसले एनआईसी एशिया क्यापिटलसँग आवद्ध ग्राहकहरुलाई सुविधाजनक, गुणस्तर तथा क्यापिटलले प्रदान गर्ने सेवाहरुको विश्वसनीयता उच्च रहेको पुष्टी गर्दछ ।

उक्त प्रमाणपत्रको प्राप्तीसँगै गुणस्तरीय सेवाहरु प्रदान गर्नुको साथै सेवामा निरन्तर समयसापेक्ष सुधार तथा विकास गर्दै प्राप्त मान्यतालाई निरन्तरता दिई सेवाग्राहीमूखी छिटो छरितो सेवा प्रदान गर्न क्यापिटल सदैव प्रतिबद्ध रहेको छ ।

यस क्यापिटलले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

साथै, यस क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतकाे सामूहिक लगानीकोष योजना “एनआईसी एशिया ग्रोथ फण्ड” तथा “एनआईसी एशिया ब्यालेन्सड फण्ड” संचालन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here