आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी

काठमाडौं, १२ मंसिर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी नियुक्त भएका छन् ।

उनलाई आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले मंसिर १० गते देखि लागु हुने गरी नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नियुक्ती गरेको हो ।

स्नातकोत्तर तह उतिर्ण रेग्मी विगत २७ बर्षदेखि निर्जीवन बीमा तथा बित्त क्षेत्रमा कार्यरत छन् । बीमा तथा वित्त क्षेत्रलाई नजिकबाट नियालेका रेग्मीले सहायकस्तरबाट आफ्नो सेवा शुरु गरेका थिए ।

उनीसँग तत्कालीन एनआईडीसी क्यापिटल मार्केट लिमिटेड (हाल सनराईज क्यापिटलमा) २ वर्ष, युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडमा ७ वर्ष, सगरमाथा इन्स्योरेन्स लिामिटेडमा ८ वर्ष, सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड (हाल जनता बैंक लिमिटेड) मा ६ वर्ष र आईएमई जनरल इन्स्योरेन्स लिमिटेडमा ४ वर्ष काम गरेको अनुभव छ ।

बीमा तथा वित्त क्षेत्रलाई नजिकबाट नियालेका रेग्मीले उक्त क्षेत्रको शुच्छम अध्ययन गरी सहायक स्तरबाट आफनो सेवा शुरु गरी विभिन्न पद र विभागमा कार्य गर्दै निरन्तर कर्ममा विश्वास गर्ने व्यक्तिको रुपमा आफूलाई स्थापित गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here