शेयर बजार रात्ताम्मै, नेप्से साढे ४ अंकले घट्दा साढे २४ करोडको कारोबार

काठमाडौं, १२ मंसिर । साताको अन्तिम दिन शेयर बजार पुन: ओरालो लागेको छ । विहिवार नेप्से परिसूचक ४.६७ अंकले घटेर १ हजार १ सय १२.७९ अंकमा झरेको छ ।

विहिवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि ओरालो लाग्यो । सेन्सेटिभ इन्डेक्स ०.५७ अंकले घटेर २ सय ४६.६५ अंकमा झरेको छ ।

विहिवार जीवन विमा बाहेक अन्य सबै समुहको सूचक घट्यो । जीवन बिमाको सूचक ०.३७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । ट्रेडिङको सूचक ४.२८ प्रतिशत घट्यो । त्यस्तै, सामुहिक लगानी कोषको १.४६ प्रतिशत, उत्पादन समुहको १.२० प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

विहिवार १ सय ६६ कम्पनीको १२ लाख ७१ हजार ६ कित्ता शेयर किनबेच हुँदा २४ करोड ३३ लाख ९१ हजार रुपैयाँ बरारबको कारोबार भयो ।

विहिवार सबैभन्दा धेरै माउन्टेन हाइड्रोका शेयर धनीले कमाए । हाइड्रोको शेयर मुल्य ५.२६ प्रतिशत बढ्यो । त्यस्तै, पाँचथर पावर कम्पेन्टको ५.०५ प्रतिशत, सामुदायीक लघुवित्त वित्तीय संस्थाको ४.१४ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेशनका शेयर धनी रहेका छन् । साल्ट ट्रेडिङको शेयर मूल्य ५.९३ प्रतिशत घट्यो । त्यस्तै, ग्लोबल आईएमई सम्मुनतको ५.६७ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टीलरी लिमिटेडले गर्यो । हिमालयनले ३ करोड ३५ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here