सप्तरीका विरेन्द्र बने आईएमईको डबलको डबलको डबल अफरको बम्पर विजेता, कति जिते ?

काठमाडौं, १२ मंसिर ।सत्तरीका खत्वे विरेन्द्र खाङ आईएमईको डबलको डबलको डबल अफरको बम्पर विजेता बनेका छन् ।

विहिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत खाङ विजेता घोषण भएका हुन् ।

मलेसियामा कार्यरत खाङले सप्तरीकी साबित्री देवि मण्डलको नाममा ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थिए ।

सोही अनुसार खांगले पठाएको रकम डबलको डबलको डबल अफर अन्र्तरगत पर्दै उनले ४ लाख ७७ हजार ८ सय ५६ रुपैयान् प्राप्त गरेका हुन् ।

कार्यम्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै आईएमईले ल्याउने स्कीममा आमसेवाग्राहीहरुको उल्लेख्य सहभागिता रहेको बताउँदै यस वर्ष यो सहभागीता झनै बढेको बताए ।

आईएमईले गत भदौ देखि कात्तिक मसान्तसम्म कायम हनेगरी ७७ दिनका लागि यो अफर सार्वजनिक गरेको थियो । यस अफर अन्र्तरगत दैनिक, साप्ताहिक, मासिक र बम्पर गरी विजेताहरु घोषण गरेको थियो ।

७७ दिनसम्म चलेको यो योजना वा अफरमा दैनिक लक्की ड्र मार्फत ११ हजार ९ सय ३१ जना, सप्ताहिक लक्की ड्र मार्फत २२ जना, मासिक लक्की ड्र मार्फत ४ जना र बम्पर लक्की ड्र मार्फत १ जना सेवाग्राहीहरु लाभान्वित बनेका थिए ।

कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र आईएमईका ब्राण्ड एम्बास्टर दिपक राज गिरिको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here