बार्सिलोनाको लागि मेस्सी र स्वारेजको ८ सय गोल, मेस्सी एक्लैको कति ?

काठमाडौं । स्पेनीस फुटवल क्लब बार्सिलोनाको लागि कप्तान लियोनल मेस्सी र लुईस स्वारेजको ८ सय गोल पूरा भएको छ ।

विहिवार विहान १ः४५ बजे जर्मन क्लव डर्टमन्डसँग भएको च्याम्पियन लिग अन्तरगत ‘समुह एफ’ को खेलमा मेस्सी र सुवारेजले समान १/१ गोल गरेसंगै उनीहरुको बार्सिलोनाको लागि ८ सय गोल पूरा भएको हो ।

मेस्सी एक्लैको ६ सय १३ गोल

बार्सिलोनाका कप्तान समेत रहेका अर्जेन्टीनी स्टार मेस्सी एक्लैले बार्सिलोनाको लागि हालसम्म ६ सय १३ गोल गरिसकेका छन् । सन् २००३ मा पहिलोपटक बार्सिलोनाको सिनीयर टिमबाट खेल्न सुरु गरेका मेस्सीले हालसम्म ७०० खेलमा ६ सय १३ गोल गरिसकेका छन् ।

बार्सिलोनाका अर्का स्टाईकर उरुग्वेका खेलाडी स्वारेजले पनि हालसम्म १ सय ८७ गोल गरिसकेका छन् ।

सन् २०१४ मा इङ्लिस क्लब लिभरपुबाट बार्सिलोना आएका स्वारेजले हालसम्म २ सय ५९ खेलमा १ सय ८७ गोल गरिसकेका छन् ।

उक्त खेलमा बार्सिलोनाले डर्टमन्डलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here