केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता

काठमाडौं, मंसिर १३ । भूकम्पबाट क्षतिग्रस्त केशरमहलको प्रबलीकरण गर्न ठेक्का सम्झौता भएको छ ।

महल प्रबलीकरण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र जेडसीजीआई-खानी जेभीबीच ठेक्का सम्झौता भएको हो । सम्झौतामा इकाईकातर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट रत्न गौतमले हस्ताक्षर गरे । जेभीले भ्याटसहित ६७ करोड २४ लाख ६० हजार ८२७ रुपैयाँमा प्रबलीकरण गर्न ठेक्का पाएको हो ।

दुई वर्षमा प्रबलीकरणको काम सम्पन्न हुने जनाइएको छ । केशरमहलको मौलिक स्वरुप कायम राखी भूकम्पप्रतिरोधी हुनेगरी प्रबलीकरण गरिने निर्देशक प्याकुरेलले बताए ।

निर्माण कम्पनीका गौतमले एक सातभित्र निर्माण कार्य सुुरु गरिने बताए । उनले तोकिएको समयमै प्रबलीकरण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here