कस्तो रहन्छ तपाईको आज,कुन राशीको लागि राम्रो कुनलाई नराम्रो ?

वि.सं.२०७६ साल मंसिर १४ गते । शनिबार । ईश्वी सन् २०१९ नोभेम्बर ३० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गशुक्ल पक्ष । तिथि चतुर्थी,३१ घडी ५१ पला,बेलुकी ०७ बजेर २२ मिनेट उप्रान्त पंचमी । नक्षत्र पूर्वाषाढा,०९ घडी १६ पला,बिहान १० बजेर १९ मिनेट उप्रान्त उत्तराषाढा । योग गंड,२४ घडी ४७ पला,बेलुकी ०४ बजेर ३२ मिनेट उप्रान्त वृद्धि । करण वणिज,बिहान ०७ बजेर ०८ मिनेट उप्रान्त भद्रा,बेलुकी ०७ बजेर २२ मिनेट उप्रान्त बव । आनन्दादिमा मातंग योग । चन्द्रराशि धनु ,साझ ०४ बजेर ३५ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय ०६ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी १३ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धर्म सस्कृति तथा रितिरिवाज जोगाउँने काममा समय खर्च गर्नुपर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेपनि यात्रा कष्टकर हुन सक्छ ध्यान दिनुहोला । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो सफलता नपाईने हुनाले आफन्त तथा गुरुजनहरु दुखी हुनेछन् । मेहनेत तथा लगनशिलताका साथ लाग्नाले व्यापार व्यावसाय फस्टाएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनालेबिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्रेम सम्बन्धमा थप सुमधुरता आउँने तथा साथिभाईहरुबिच मित्रताको बन्धन कसिलो भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय दिएर चित्त बुझ्दो उलपब्धि हासिल गर्न सकिनेछ । एकल तथा साझेदारि व्यावसायबाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । लामो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजनका साथ समय कटाउँन सकिनेछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) सत्रुहरुलाई परास्त गर्दै कामहरु बनाउँन सकिनेछ भने अध्ययन तथा अध्यापनको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ ।

सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) पढाई लेखाई अरु दिन भन्दा कमजोर रहनेछ । आफन्त तथा सन्तानले तपाईलाई दुख दिन सक्छन् । ब्यापारिक माहोलमा दिन बित्ने तथा व्यावसायबाट भनेजस्तो आम्दानि गर्न प्रसस्त समय खर्चर्नु पर्नेछ । सवारि साधन तथा भौतिक सम्पति लाभ हुने योग रहेको छ । मिठा मिठा परिकारका साथ रमाउँन सकिने तर खानपानमा ध्यान नदिदा सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्न सक्छ ।

कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्नेछ भने आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । सामान्य छाति सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । पराक्रम बढेर जाने हुनालेजोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाई कमजोर हुँन सक्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानि हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामहरु समयमा नै सम्पन्न हुने हुनालेथप काम गर्न जोस जागर बढेर आउँनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर धन कमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । समयमा कामहरु फत्ते गरि नाम तथा दाम दुबै कमाउँन सकिनेछ । खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेको छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट प्रशस्त आम्दानि हुनेछ । आम्दानिका स्रोतहरु फराकिला हुँनुको साथै आयस्रोतका नयाँ नयाँ बाटाहरु फेला पर्नेछनन् । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र पंतिमा आउँनेछ । घर परिवार तथा आफन्त बिचको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने पैत्रिक सम्पति तथा सरकारि धन हातलागि हुने योग रहेकोछ ।

मीन (दी दू थ झ ञ दे दो चा ची) बिशेष मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । लामो समयदेखि रोकिएर बसेका सरकारि तथा घरायसि कामहरु बन्नेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनालेसकारात्मक नतिजाको अपेक्षा गर्न सकिनेछ । सामाजिक काम गर्नुपर्ने बाध्यता आउँने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि हुँँने हुनालेआर्थिक व्यावस्थापनमा पाटाहरु बलिया हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्यो. दुर्गा भण्डारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here