किन लोप हुँदैछ जङ्गली रातो स्याउ ?

काठमाडौं । बजार विभिन्न रंग र आकारका स्याउहरु भेटिन्छन् । हरियो, पहेलो, गुलाबी कुनै कुनै त एउटै स्याउमा पनि धेरै रंगहरु भेटिन्छ ।

तर, एक राम्रो र शुद्ध स्याउ रातो नै हुन्छ । मानिसहरु उदाहरण पनि त रातो स्याउको नै दिने गर्छन् । ‘स्याउ जस्तै रातो गाला’
तर, आजको वर्तमान समयमा स्याउको यो रातो रंग खतरामा छ । यो खतराको मुख्य कारक जलवायु परिवर्तन हो ।

आज हामी जुन स्याउ विश्वका विभिन्न बजारहरुमा देख्छौं, यस स्याउको विभिन्न प्रकारका प्रजाति पहिले मध्य एसियाको देश काजाकिस्तानको चीनसंग सिमाना जोडिएको जंगलमा मात्रै पाईन्थ्यो । जुन त्यहाँका बन भालुको आहाराको रुपमा रहन्थ्यो ।

विश्वभर जंगली स्याउको उत्पादनमा ९० प्रतिशत भन्दा बढीले कमी आएको छ । जंगली स्याउको भविष्य खतरामा छ । अब स्याउ बगैचामा मात्रै फल्छ । यस्ता स्याउहरुको हांगा काट्दै विभिन्न प्रकारका प्रविधीबाट विभिन्न स्थानमा उत्पादन गरिन्छ ।

अहिले काजाकिस्तानको जंगलमा उत्पादन हुने स्याउको रंगपनि रातो छैन् । त्यहाँका स्याउमा पनि जलवायु परिवर्तनको असर देखिन थालेको छ ।

किन हराउँदै स्याउको रातो रंग ?

स्याउको रंग तापक्रमले निर्भर गर्छ । गर्मी बढ्दै जाँदा स्याउको रातो रंग विस्तारै घट्दै जान्छ । यसको मतलब हो रातो जंगली स्याउको लागि चिसो मौसम पूर्वसर्त जस्तै हो ।

वैज्ञानिकहरुका अनुसार एकपटक स्पेनमा तापक्रम असामान्य रुपमा बढेको थियो, त्यो अवस्थामा त्यहाँ उत्पादन भएका स्याउको रातो रंग नै हराएको थियो ।

विश्वभर विभिन्न प्रकार र प्रजातिका स्याउहरु उत्पादन भएपनि आजपनि बजारमा बर्चस्व भने रातो स्याउको नै छ । जब मानिसहरुले स्याउ आफ्नो बगैँचामा उत्पादन गर्न थाले त्यसपछि बजारमा विभिन्न प्रकारका स्याउहरु आउन थाले ।

यसको मतलब यो होईन कि रातो स्याउ मिठो हुन्छ । कतिपय अवस्थामा त पहेँलो स्याउको तुलनामा रातो स्याउको स्वाद मिठो हुँदैन्, तरपनि मानिसहरुको पहिलो रोजाई रातो स्याउ नै हुन्छ ।

बढ्दो जलवायु परिवर्तनको कारण रातो स्याउको भविष्य नै खतरामा छ । के थाहाँ हाम्रो आगामी पुस्ताले हामीले जस्तो ‘स्याउको रंग रातो हुन्छ भन्ने कुरा नै थाहाँ पाउँदैनन् कि ? (बीबीसीबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here