यूरो कप २०२०ः फ्रान्स, जर्मनी र पोर्चुगल एउटै ग्रुपमा, यस्तो छ ग्रुप विभाजन

काठमाडौं, १५ मंसिर । ‘यूरो कप २०२०’ को खेल तालिका सार्वजनिक भएको छ । जसमा ३ ठूला टिम एउटै ग्रुपमा परेका छन् ।

शनिवार राति सार्वजनिक भएको खेल तालिका अनुसार सन् २०१६ को यूरोकप च्याम्पियन पोर्चुगल, जर्मनी र सन् २०१८ को विश्वकप विजेता टिम फ्रान्स एउटै ग्रुपमा परेका छन् ।

यो संगै यसपटकको यूरोकप भने ग्रुप स्टेजबाटै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

यस्तो सावैजनिक खेल तालिकाः

‘ग्रुप ए’: टर्की, ईटाली, वेल्स र स्विजरल्याण्ड

‘ग्रुप बि’: डेनमार्क, फिनल्याण्ड, बेल्जीएम र रसीया

‘ग्रुप सी’: नेदरल्याण्ड, यूक्रेन, अष्ट्रिया र प्ले अफ विजेता डी

‘ग्रुप डी’: इङ्ल्याण्ड, क्रोयसीया, प्ले अफ विजेता सी र चेक रिपब्लीक

‘ग्रुप इ’: स्पेन, स्विडेन, पोल्याण्ड र प्ले अफ विजेता बी

‘ग्रुप एफ’: जर्मनी, फ्रान्स, पोर्चुगल र प्ले अफ विजेता ए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here