उपनिर्वाचनः राप्रपा उम्मेदवारले ल्याए जम्मा १ भोट

काठमाडौं, १५ मंसिर । देशका विभिन्न स्थानमा रित्त पदको लागि उपनिर्वाचन भईरहेको छ ।

यो अवस्थामा निर्वाचन सम्बन्धी विभन्न प्रकारका नतिजाहरु बाहिर आईरहेका छन् ।

यसै अवस्थामा खोटाङको सोकला गाउँपालिका वडा नम्बर ३ मा भएको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार इन्द्रबहादुर खड्काले जम्मा एक मत मात्रै प्राप्त गरेका छन्।

१३०० मतदाता भएको यस वडामा सत्तारूढ नेपाल कम्यनिष्ट पार्टी नेकपाकी उम्मेदवार शिवकला राईले तीन सय ९१ मत प्राप्त गरी विजयी भइन्।

त्यस्तै, दोस्रो भएका नेपाली कांग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङले तीन सय ७४ मत प्राप्त गरेका थिए ।

भोटर संख्या १३०० भएपनि जम्मा सात सय ९६ मत खसेको र त्यसमा १५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here