मोटरसाईकल ओभरटेक हत्या प्रकरण: स्थानिय भन्छन -कञ्चनपुरको सुरक्षा हास्यास्पद

पप्पु गुरुङ, दोधारा १५ मंसिर । माहाकाली नगरपालिकाका मेयर बीर बहादुर सुनारले दिपक पन्तको हत्यामा संलग्न सबैलाई कडा भन्दा कडा कारवाही हुनु पर्ने बताएका छन् ।

माहाकाली नगरपालिकाको वडा नं. ३ वडा कार्यालयमा भएको छलफल कार्यक्रममा माहाकाली नगरपालिकाका मेयर बिर बहादुर सुनारले यस्तो बताएका हुन् ।

‘हत्या निर्मम तरिकाले भएको हुदा दोषी जो काही होस कडा भन्दा कडा बारबाही हुनु पर्छ’ माहाकाली नगरपालिकाका मेयर बिर बहादुर सुनारले भने । माहाकालीनगरपालिका वडा नं. ३ निवासी बिसन दत्त पन्तको छोरा वर्ष २२ को दिपक पन्त आफ्नो वुवा संगै रहेको बेला गए बिहिवार भिमदत्तन गरपालिकाको गोवरियामा जिल्ला प्रहरी कार्यालय भन्दा करिव १ सय मिटरको दूरिमा मूल सडक खण्डमा विहान ५ जनाको समूहमा रहेका व्यक्तिहरुले हाम्रो मोटरसाईकललाई किन ओभरटेक गरेको भन्ने विषयलाई निहु वनाई सांघातिक हमला गरी हेलमेट, मुक्का र चक्कुप्रहार गरी नृशंस हत्या गरिएको थियो ।

माहाकाली नगरपालिकाका मेयर बिर बहादुर सुनारको अध्यक्षतामा बसेको बैठकले उक्त हत्यालाई अमानवीय, क्रूर र जघन्य अपराधको घोर भत्र्सना गरेको छ् । जिल्ला प्रहरी कार्यालय नजिकै भएको जघन्य हत्या सुरक्षा संग जोडिएको बिषय भएको ठहर गर्दै नेपाल प्रहरीको सुरक्षा प्रणालीमा समेत चुनौतीको बिषय भएको बैठकले ठहर गरेको छ् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर नजिक क्षेत्रमा एक बिहानै निर्मम तवरले भिडभाड हुने मुख्य सडक खण्डमा हत्या हुनुले सुरक्षा सयन्त्रमा चुनौतीको बिषय भएको स्थानियहरुले बताएका छन् । माहाकाली नगरपालिका कार्यालय दिपक पन्तको हत्याको बिषयमा आज एक बिज्ञप्ती प्रकाशित गरि अमानवीय, क्रूर र जघन्य अपराधमा जो कोही भएपनि कडा भन्दा कडा कार्वाही तथा स्व.दिपक पन्तको आत्माको चीर शान्ती तथा मृतकका आफन्त एवम् परिवारलाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरोस भन्ने कामना गरेको छ् ।

माहाकालीनगरपालिका वडा नं. ३ वस्ने विशन दत्त पन्तको छोरा वर्ष २२ को दिपक पन्त आफ्नो वुवा संगै मिति २०७६।०८।१२ गतेका दिन आफ्नो घरवाट महेन्द्रनगर जादै गर्दा भिमदत्त नगरपालिकाको गोवरिया भन्ने ठांउमा जिल्ला प्रहरी कार्यालय भन्दा अन्दाजी करिव १०० मिटरको दूरिमा मूल सडक मै विहान अन्दाजी ११ः०० वजेको समयमा ५ जनाको समूहमा रहेकाव् यक्तिहरुले हाम्रो मोटरसाईकललाई किन ओभरटेक गरेको ?

भन्ने विषयलाई निहु वनाई सांघातिक हमला गरी हेलमेट, मुक्का र चक्कु प्रहार गरी नृशंस हत्या गरेको विषयमा माहाकाली नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ् । यस प्रकारको अमानवीय, क्रूर र जघन्य अपराधको घोर भत्र्सना गर्दै दानवीय रुपमा जाई लागी हत्या जस्तो अपराध गर्ने सवै अपराधीहरुलाई यथाशिघ्र नियन्त्रणमा लिई कानून वमोजिम हदै सम्मको कडा भन्दा कडा सजाय गर्नका साथै पिडित परिवारलाई उचित क्षतिपूर्तिका लागी सम्वन्धित सरोकारवाला निकायलाई यसै विज्ञप्ती मार्फत जोरदार मांग गर्दछौैं ।

सोही दिन मृतकका वुवा विशन दत्त पन्त र मृतक दिपक पन्त संगै सोही वडा वस्ने सुदुरपश्चिम विश्व विद्यालय माविविएस.मा अध्ययनरत जगदीश जोशी पनि रहेका र निजलाई समेत कुटपीट गरिएको ।

निज जोशी घटनाका प्रत्यक्षदर्शी भएका कारण सवै घटना देखेको हुदा डर, त्रासले गर्दा नियमित पढाईका लागी क्याम्पस समेत जान डराई रहेको अवस्थालाई मध्यनजर गर्दै निजलाई शान्ती सुरक्षाको प्रत्याभूति होस् र नियमानुसारको क्षतिपूर्तिको व्यवस्था होस् भन्ने मांग गर्दछौं ।

अन्तमा स्व. दिपक पन्तको आत्माको चीर शान्ती तथा मृतकका आफन्त एवम् परिवारलाई ईश्वरले धर्य धारण गर्ने शक्ति प्रदान गरुन साथै परिवारमा भएको अपूरणीय क्षति प्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।’ माहाकाली नगरपालिका कार्यालयले आज प्रकाशित गरेको बिज्ञप्तीमा भनिएको छ् । जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका ४ गोबरैयामा २२ वर्षीय मनिस नाथ, भीमदत्त नगरपालिका–१५ गोबरैयाका २२ बर्षिया बिनोद बोहरा, भीमदत्त नगरपालिका १५ गोबरैयाका २२ बर्षिय गणेश लुहार र भीमदत्त नगरपालिका १५ गोबरैयाकै रविन सिहले पन्तको हत्या गरेको स्र्वीकार गरेको बताएको छ् ।

घटना हुँदा प्रहरीलाई बोलाएर पनि समयमै प्रहरी नआएको पिडितहरुको गुनोस रहेको छ् । बोलाएको समयमा नेपाल प्रहरी पुगेको भए हत्या नहुने अवस्था रहेको मृतक दिपकका आफन्तहरुले बताएका छन् । माहाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर जोशीले हत्यामा संलग्न सबैलाई पक्राउ संगै कडा कार्वाही नगरे माहाकाली नगर क्षेत्रबाट आन्दोलित हुने बताएका छन् । बिहानै भिडभाड क्षेत्रमा भएको हत्या काण्डले कञ्चनपुरको सुरक्षा चुनौती हास्यष्पद रहेको स्थानियहरुको ठहर छ् । ‘जिल्ला प्रहरी कार्यालयको एक सय मिटरमा हत्या भएको छ् कञ्चनपुरको सुरक्षा प्रणाली हास्यष्पद देखियो’ स्थानियहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here