सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १६ मंसिर । केहि दिन देखि बढेको सुनको मूल्य सोमवार घटेको छ ।

आइतवार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा सोमवार २०० रुपैयाँ घट्दै छापावाल सुनको मूल्य ७१ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमवार तेजावी सुनको मूल्य पनि प्रतितोला २ सय रुपैयाँले घट्यो ।

अघिल्लो दिन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा सोमवार २०० रुपैयाँ घट्दै प्रतितोला ७१ हजार १ सय रुपैयाँमा झरेको महासंघले बताएको छ ।

सोमवार चाँदीको मूल्य पनि घट्यो ।

आइतवार प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा सोमवार ५ रुपैयाँ घट्दै प्रतितोला ८ सय ५० रुपैयाँ भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here