१३ औं सागः महिला क्रिकेटमा अन्जलीको किर्तीमान, २.१ ओभर ० रन ६ विकेट

काठमाडौं, १६ मंसिर । नेपालले १३औं दक्षिण एसियाली खेदकुद (साग)मा माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ ।

पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनाएका थियो ।

उक्त लक्ष्यलाई नेपालले ०.५ ओभरमै पुरा गर्‍यो । जवाफी व्याटिङमा नेपाली टिमकी ओपनिङ व्याट्सम्यान काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रहेको थियो ।

अञ्जलीको कीर्तिमानी

नेपालको शानदार जितमा बलर अञ्जली चन्दले कीर्तिमान बनाईन् । खेलको छैटौं, नवौं र ११ औं ओभरमा बलिङमा आएकी उनले २.१ ओभर बलिङ गर्दै एक रन पनि नदिई ६ विकेट लिईन् ।

यो आफैमा एक रेकर्ड हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here