बालोन डी ओर अवार्डमा मेस्सीको कीर्तिमान,छैटौँ पटक जिते उपाधि

काठमाडौं । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले कीर्तिमानी छैटौँ पटक बालोन डी ओर अवार्ड जितेका छन्।

सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी’ओर जितेका हुन् । फ्रान्सको पेरिसमा मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भान डाइकलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीले यस अघि सन् २००९ देखि १२ सम्म र २०१५ मा गरी पाँच पटक अवार्ड जितेका थिए ।

मेस्सीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् । ३२ वर्षिय मेस्सीले छैटौँ पटक यो अवार्ड जितेसँगै आफ्नो लामो समयदेखिका चिरप्रतिद्वन्दी रोनाल्डोलाई पछाडि पारेका छन्। यसअघि दुवैले यो प्रतिष्ठित अवार्ड ५-५ पटक जितेका थिए। यसअघि गत सेप्टेम्बरमा मेस्सीले भान डायकलाई नै पछाडि पर्दै फिफाको सर्वोत्कृष्ट खेलाडीको अवार्ड थापेका थिए।

मेस्सीले अवार्ड समारोहको स्टेजमा, “१० बर्ष भएछ, मैले पेरिसमा मेरो पहिलो ‘बालोन डि ओर’ जितेपछि। म यहाँ पहिलो पटक मेरा तीन दाजुभाइहरूसँग आएको सम्झना छ, म २२ वर्षको थिएँ र मैले पाएको यो विशेष अवसरहरु मेरो लागि अकल्पनीय थियो” मेस्सीले भने।

महिलातर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन् । त्यस्तै लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते । विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको आधारमा यस अवार्ड प्रदान गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here