अनलाईनबाट ८ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, १७ मंसिर । सामाजिक संजाल व्हाट्सएपबाट ठगी गर्ने दुई नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी घर भई हाल भक्तपुर बस्ने २२ वर्षिय अमर थापा र सिन्धुपाल्चोक नै घर भएका तर, भक्तपुर कौशलटार बस्दै आउका २४ वर्षिय अमन अवाल नाम गरेका व्यक्तिहरु रहेका छन् ।

व्हाट्सएपमा भारतीय मोवाईल नम्बर प्रयोग गरी अमेरिकाबाट आईफोन, ल्यापटप, मोवाईल, क्यामरा, घडी तथा श्रृगारका सामानहरु सस्तो मुल्यमा पठाई दिने विज्ञापन गरी ठगी गरीरहेको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्दै जादा मंसिर १६ गते उनीहरु पक्राउ परेको महानगरीय अपराध महाशाखा टेकुले बताएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा निजहरुले एक महिनाको समयावधीमा आठ लाख रुपैया भन्दा बढी रकम ठगी गरेको खुल्न आएको महाशाखाले बताएको छ ।

यसका साथै महाशाखाले अनलाईनबाट सामान मगाई अमिर थापा र अमन अवालको खातामा रकम जम्मा गरी ठगीएका सम्पुर्ण व्यत्तिःहरुलाई तुरुन्त महानगरीय अपराध महाशाखा टेकु सम्पर्क गर्न पनि अपिल गरेको छ ।

यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here