सन्तोषी श्रेष्ठ एथलेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली महिला

फाइलफोटो

काठमाडौं,१७ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक हात पारेको छ । नेपालका लागि सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण जितेकी हुन् ।

उनले सो दूरी ३५ मिनेट ७.९४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । उनले भारतकी कविता यादवलाई ०.१ सेकेन्डले पछि पार्दै स्वर्ण आफ्नो नाममा पारेकी हुन्।

श्रीलंकाकी निलान्थी लंकाले ३५ मिनेट ५९.०२ सेकेण्डमा दाैड पूरा गर्दै कास्य पदक जितिन् । सन्ताेषी सागमा स्वर्ण पदक जित्ने पहिलाे नेपाली महिला एथ्लेटिक्स खेलाडी हुन् । उनले ८औँ राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here