शेयर बजारमा सुधार, नेप्से साढे ३ अंकले बढ्दा साढे २६ करुोडको कारोबार

काठमाडौं, १७ मंसिर । लगातार दुईदिन ओरालो लागेको शेयर बजारमा मंगलवार केही सुधार देखिएको छ । मंगलवार नेप्से परिसूचक ३.७५ अंकले बढेर १ हजार १ सय १५.७४ अंकमा पुगेको छ ।

मंगलवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स ०.६३ बढेर २ सय ४६.३४ अंकमा पुगेको छ ।

आज बैकिङ्ग, होटल, जलविद्युत, निर्जीवन बिमा, जीवन बिमा, उत्पादन क्षेत्र लघुवित्त र समुहिक लगानी कोष समुहको सूचक बढ्यो भने अन्य, फाइनान्स, विकास बैंक र ट्रेडिङ समुहको सूचक घट्यो ।

मंगलवार सबैभन्दा धेरै जीवन बिमा समुहको सूचक बढ्यो जीवन बिमाको सूचक १.२७ प्रतिशत बढ्यो । त्यस्तै, उत्पादन समुहको १.०३ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

त्यस्तै, ट्रेडिङ समुहको सूचक सबैभन्दा धेरै घट्यो । ट्रेडिङको सूचक ३.९८ अंकले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

मंगलवार १ सय ७२ कम्पनीको १० लाख १० हजार ९ सय ९१ कित्ता शेयर किनबेच हुँदा २६ करोड ६८ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै घोडीघोडा लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै, दिव्यश्वरी हाइड्रोपावरको ८.१४ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा साल्ट ट्रेडिङ कार्पोरेशनका शेयर धनी रहेका छन् । कर्पोरेशनको शेयर मूल्य ५.४१ प्रतिशत घट्यो ।

मंगलवार सबैभन्दा धेरै कारोबार गर्नेमा सिद्धार्थ बैंक रहेको छ । सिद्धार्थले २ करोड ६० लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here