नेपाल तालिकाको शीर्ष स्थानमा, भारत पछिपछि,कुन देशको कति मेडल ?

फाइलफोटो

काठमाडौं,१७ मंसिर । १३ औं दक्षिण एशियाली खेलकूद (साग) मा नेपाल २३ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।

नेपालले मंगलबार साँझसम्म २३ स्वर्ण, ८ रजत र ११ काँस्यसहित ४१ पदक जितेको छ ।

भारतले ११ स्वर्ण, १२ रजत र ६ काँस्य पदकसहित २९ पदक सहित दोस्रो स्थानमा रहेको छ ।

श्रीलंकाले ५ स्वर्ण, १३ रजत र २५ काँस्यसहित ४३ पदक सहित तेस्रो स्थानमा रहेको छ । यसैगरी पाकिस्तानले ४ स्वर्ण, ९ रजत र ८ काँस्यसहित २१ पदक जितेको छ भने बंगलादेशले ४ स्वर्ण, ३ रजत र २१ काँस्यसहित २८ पदक जितेको छ ।

यसैगरी मल्दिभ्सले १ स्वर्ण र भुटानले २ काँस्य जितेको छ । नेपालले सोमबार सम्पन्न खेलतर्फ कराँते र तेक्वान्दोमा आफ्नो वर्चश्व जमाएको थियो । पहिलो दिनमा नै नेपालले करातेमा ७, तेक्वान्दोमा ७ र ट्रायथलनमा एक स्वर्ण जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here