कराँतेमा अनुपमाले, उसुमा दीपक हमालले जिते स्वर्ण

काठमाडौं, १८ मंसिर । नेपालले दशिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक थपेको छ।

साग अन्तरगत बुधवार भएको महिला कराँतेको ६८ केजी माथि तौल समूहमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक जितेकी हुन्।

उनले पाकिस्तानकी नर्गिसलाई ६–३ ले पराजित गरिन्। त्यस्तै उसुमा नेपालले अर्को स्वर्ण जितेको छ ।

बुधबार दीपक हमालले थाउलोमा स्वर्ण जितेका हुन् । उनले १९.३२ अंक जोडेका थिए भने भारतका साजन लामाले १९.१२ अंकका साथ रजत पदक जितेका छन् ।