कोपा अमेरिकाको ड्र सार्वजनिकः अर्जेन्टिना, उरुग्वे र चिली एउटै समुहमा

काठमाडौं, १८ मंसिर । दक्षिण अमेरिकी फुटवल प्रतियोगिता कोपा अमेरिकाको ड्र बुधवार विहान सार्वजिक भएको छ ।

सार्वजनिक भएको ड्र अनुसार तिन बलिया र ठूला टिमहरु एउटै समुहमा परेका छन् । जसमा अर्जेन्टिना, उरुग्वे र चिली एउटै समुह ‘ए’ मा परेका छन् ।

त्यस्तै समुह ‘बी’ मा साविक विजेता ब्राजील र कोलम्बीयाका साथै पेरु र पाहुना टोली कतार पनि छ ।

कुल १२ टिम खेल्ले प्रतियोगितामा १० टिम दक्षिण अमेरिकाका हुन् भने २ टिम पाहुना टोली हुन् ।

समुह ‘ए’ मा अर्जेन्टिना, उरुग्वे, चिली, पाराग्वे, अष्ट्रेलिया र बोलीभिया छन् । त्यस्तै समुह ‘बी’ मा ब्राजिल, कतार, कोलम्बीया, भेनेजुयला, पेरु, इक्वेडर रहेका छन् ।

अर्जेन्टिना र कोलम्बीयामा आयोजना हुने यो प्रतियोगिता सन् २०२० को जुन १२ बाट सुरु भएर जुलाई १२ मा सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here