प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १८ मंसिर । बुधवार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।

मंगलवार प्रतितोला ७१ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा बुधवार ८०० रुपैयाँ बढ्दै प्रतितोला ७२ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य पनि बुधवार प्रतितोला ८०० रुपैयाँ बढेको छ ।

मंगलवार प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा बुधवार प्रतितोला ८०० रुपैयाँ बढ्दै ७१ हजार ९ सय रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ।

बुधवार चाँदीको मूल्य पनि बढ्यो ।

मंगलवार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार १५ रुपैयाँले बढ्दै प्रतितोला ८ सय ६५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here