साइक्लिङमा बुद्धिबहादुरले जितेका स्वर्ण सागको इतिहासमा नयाँ रेकर्ड

काठमाडौं, १९ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत साइक्लिङको क्रस कन्ट्री पुरुषमा नेपालले स्वर्ण हात पारेको छ ।

गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद एवम् शान्ति पार्कमा बिहिबार नेपालका बुद्धि बहादुर तामाङले स्वर्ण हात पारेका हुन् । क्रस कन्ट्रीको ४ किमिको ४ ल्यापमा बुद्धिले १ घण्टा १९ मिनेट ०८ सेकेण्डको समय निकाले ।

यस्तै नेपालका राजिब राईले रजत र नेपालकै ओकेश राज बज्राचार्यले कास्य जितेका छन् । राजिबले १ घण्टा १९ मिनेट ४० सेकेण्ड र ओकेशले १ घण्टा २१ मिनेटको समय निकाले ।

बुद्धिले स्वर्ण जितेसँगै नेपालले साग इतिहासको एकै संस्करणमा सर्वाधिक स्वर्णको कीर्तिमान बनाएको छ । नेपालले साग इतिहासमा पहिलोपटक ३२ स्वर्ण जितेको हो ।

यो नै इतिहासको सर्वाधिक स्वर्ण हो । यसअघि आठौं संस्करणमा जितेको ३१ स्वर्णको रेकर्ड नेपालले १३ औं मा भंग गरेको छ । तामाङले स्वर्ण जितेपछि नेपालले सागको इतिहासमा नयाँ रेकर्ड बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here