प्रहरी इन्काउन्टरमा मारिए चार बलत्कारी

हैदराबाद,२० मंसिर । हैदराबादमा महिला डाक्टरमाथि बलात्कार गरेर हत्या गर्ने र उनको शव जलाउने चारैजना प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

शुक्रबार बिहान हैदराबादको एनएच ४४ हाइवेमा पुलिसले चारै जना आरोपीलाई गोली ठोकिदिएको हो । भारतको हैदराबादस्थित निजि अस्पतालमा कार्यरत महिला पशु चिकित्सकमाथि बलात्कारपछि जिउँदै जलाइएको अभियोगमा पक्राउ परेका थिए ।

२६ नोभेम्बरको राती ९ बजे भएको उक्त घटनामा महिला डाक्टरको स्कुटिको टायर पञ्चर गराएर आरोपीले सहयोग गर्ने वाहानामा महिलालाई एकान्तमा लगि बलत्कार गरेका थिए । चार जनाले पटक–पटक बलात्कार गरेपछि महिलाको हत्या गरेका थिए । घटना भएको दोस्रो दिन स्थानिय एक नदिको पुलमुनि गोप्य अंग पोलिएको अवस्थामा उक्त महिलाको शव भेटिएको थियो ।

यो घटनालाई लिएर भारतका विभिन्न शहरमा प्रदर्शन भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको थियो । अहिले हैदराबाद पुलिसको बागडोर यस्ता व्यक्तिको हातमा छ जसलाई इन्काउन्टर विशेषज्ञ मानिन्छ । उनी हुन् हैदराबाद पुलिसका कमिश्नर भीसी सज्जनार ।

कमिश्नर सज्जनारलाई ‘इन्काउन्टर म्यान’ भनेर चिनिन्छ । उनले जघन्य अपराधका आरोपीलाई गोली ठोकिदिएको यो पहिलो घटना होइन । यसअघि पनि उनले यतै गरी जघन्य अपराधका आरोपीलाई गोली ठोकिसकेका छन् ।

तेलंगनाको वारंगलमा यसअघि एक कलेज छात्रामाथि एसिड प्रहार भएको थियो जुन घटनामा निकै विवाद भएको थियो । तर केही समयपछि नै घटनाका तीनैजना आरोपीलाई पुलिसले इन्काउन्टरमा मारिदिएको थियो ।

हैदराबाद पुलिसले चारैजना आरोपीलाई त्यो ठाउँमा लिएर गएको थियो जहाँ महिला डाक्टरको जलेको शव भेटिएको थियो । पुलिसले चारैजना आरोपीलाई घटनाको ‘रिक्रिएशन’ गर्नको लागि त्यो ठाउँमा लिएर गएको थियो । यो इन्काउन्टर शुक्रबार बिहान भएको हो ।

यसअघि महिला डाक्टरमाथि भएको क्रुरताविरुद्ध देशभर प्रदर्शन भइरहेको थियो । मानिसहर सडकमा उत्रिएर महिला सुरक्षाका विषयमा प्रश्न उठाइरहेका थिए । पुलिसका अनुसार घटनाको रिक्रिएशनका लागि लगिएका चारैजना आरोपीले भाग्ने कोसिस गरेपछि चारैजनालाई गोली हानेर मार्नुपरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here