नेपालीको युट्युव मोह,टिकटक,फेसबुकमा आकर्षित कति ?

काठमाडौं,२० मंसिर । बालक देखी बृद्धसम्मको बढ्दो मोह त्यसमा पनि खाली भएको समयको सदुपयोग प्रायः मानिसको लागि फेसबुक, ट्वीटर, युट्युव लगायत बन्न थालेको छ ।

सामाजिक सञ्जालमा व्यस्तताले आम मानिस आफ्नो साथीभाई, आफन्तजन कोहि नभए भुल्ने अवस्थामा पुगेका छन् । पछिल्लो समय युट्युव युवापुस्ताको लागि मनोरञ्जन र सूचनाको प्रमुख श्रोत बन्दै गएको छ ।

नियमित रुपमा फेसबुक वेबसाइट चलाउनेको संख्या घटेको छ । तथापि फेसबुक एप तथा इन्स्टाग्राम र मेसेन्जर प्रयोगकर्ताको संख्या भने बढेको छ ।

विश्वको जनसंख्याको करिव ५८ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा छन् । त्यसमध्ये ८५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले भिडियो हेर्ने गरेको तथ्यांक छ ।

त्यस्तै नेपालको कुल जनसंख्याको ६७ प्रतिशत भन्दा बढी जनताले इन्टरनेट चलाउने तथ्यांक दूरसंचार प्राधिकरणको छ । आखिर के गर्छन त इन्टरनेटमा नेपालीहरु ।

हालै मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले एक अध्ययन सार्वजनिक गरेको छ । सो अध्ययन अनुसार नेपालका करिव ४५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरुको रुचि भिडियोमा छ ।

त्यसमा पनि उनीहरु विशेषगरी युट्युवतिर आकर्षित देखिन्छन् । एनसेलको तथ्यांक अनुसार २९ दशमलव २३ प्रतिशत नेपाली इन्टरनेट प्रयोगकर्ताहरु युुट्युव चलाउँछन् ।

त्यसको ३ दशमलव ९३, प्रतिशतले टिकटक भिडियो हेरेर डेटा खर्च गरिरहेका छन् । त्यस्तै १० दशमलव १३ प्रतिशतले फेसबुकमा भिडियो हेर्ने गरेका छन् ।

१३ दशमलव ७८ प्रतिशतले एचटीटीपीएस हेर्न आफ्नो डेटा खर्च गरिरहेका छन् । यता ११ दशमलव ७९ प्रतिशतले अज्ञात कन्टेन हेर्ने गरेको तथ्यांक छ ।

पछिल्लो समय अधिकांसले पर्सनल युट्युव च्यानल खोल्न थालेका छन् । नेपाली समाजमा अनेक प्रचार गर्दै भ्रम, हल्ला फैलाउँदै युट्युव च्यानल कमार्ई खाने भाँडोको रुपमा नै स्थापित गर्ने प्रचलन पनि बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here