निजगढ विमानस्थलको निर्माण प्रक्रिया रोक्न सर्वोच्चको आदेश

काठमाडौं, २० मंसिर । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रुख कटानबारे कुनै निर्णय नलिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

बारामा भइरहेको निर्माण कार्यविरुद्ध परेको रिटमा शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले रुख नकाट्न र निर्माण प्रक्रिया रोक्न आदेश दिएको हो।

न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले अर्को निर्णय नआएसम्म रुख कटानबारे कुनै पनि निर्णय नलिन आदेश दिएको हो ।

बन विज्ञहरु द्वारिका ढुंगेल, कृष्णप्रसाद भण्डारी, तारा सापकोटा लगायत ९ जनाले १६ मंसीरमा सर्वोच्चमा रीट दर्ता गरेका थिए । उक्त रीटको सुनुवाई गर्दै न्यायाधीश मोक्तानको इजलासले यसबारे दुवै पक्षलाई मंसिर २९ पक्षलाई छलफलका लागि बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here