फोर्डको नयाँ फिगो नेपाली बजारमा, मुल्य २५ लाख

फोर्ड गाडीको नेपालस्थित आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्सले फोर्ड फिगोको नयाँ संस्करण नेपाली बजारमा भित्र्याएको छ ।

कम्पनीका अनुसार नयाँ फोर्ड फिगोलाई आकर्षक डिजाइनको साथै उत्कृष्ट प्रविधिको शक्तिशाली इन्जिन सहित बजारमा ल्याइएको छ ।

नयाँ फिगो डिजेल र पेट्रोल गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । दुवै थरी फिगो चार मोडल र विभिन्न सात रंगमा उपलब्ध हुनेछन् ।

पेट्रोल इन्जीनको सुरुवाती मुल्य २४ लाख ९९ हजार रहेको छ भने डिजेल इन्जिनको सुरुवाती मुल्य २७ लाख ९९ हजार राखिएको छ ।

फिगोको यस नयाँ संस्करणमा १२ सय भन्दा भन्दा बढि साना ठूला परिवर्तन गरिएको कम्पनीले दाबी गरेको ।

नयाँ फोर्ड फिगोमा के के छन् त विशेषता ?

-पहिलो संकरणको भन्दा १५ प्रतिशत कम तौल रहेको छ ।

-नयाँ फिगोमा करिब ४० प्रतिशत कम गियर आयलको उपभोग हुनेछ ।

-५ स्पीड ट्रान्मिसनमा उपलब्ध हुनेछ ।

-फिगोको सबै मोडेलमा दुईवटा एयर ब्याग राखिएको छ ।

-सुरक्षाको लागि एन्टी लक ब्रेकिङ सिस्टम राखिएको छ ।

-यसका साथै इलेक्ट्रोनिक स्टेवलिङ सिस्टमले मोडहरुमा हाक्न सजिलो बनाउँछ ।

-नयाँ फिगोमा ७ इन्चको टचस्क्रीन पनि रहेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here