भारतको स्वर्ण संख्या ११० पुग्यो, नेपालको ५० पुग्ला ?

काठमाडौं, २२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा भारतको स्वर्ण संख्या ११० पुगेको छ ।

वर्तमान समयसम्म ११० स्वर्ण, ६९ रजत र ३५ कांस्य गरी २१४ पदक जितेको भारत शिर्ष स्थानमा छ ।

सुरुवाती दुई दिनसम्म शिर्ष स्थानमा रहेको नेपाल वर्तमान समयमा दोस्रो स्थानमा रहेको छ ।

हालसम्म ४३ स्वर्ण, ३४ रजत र ६५ कांस्य पदक जितेको नेपाल कुल १४२ पदकसहित दोस्रो स्थानमा रहन सफल भएको छ ।

नेपाललाई पछ्याईरहेको श्रीलंकाले ३० स्वर्ण, ५७ रजत र ८३ कांस्य पदक गरी कुल १ सय ७० पदक जितेको छ ।

२३ स्वर्ण, ३० रजत र ३४ कांस्य गरी ८७ पदक जितेको पाकिस्तान चौथो स्थानमारहेको छ ।

७ स्वर्ण, २२ रजत र ५५ कांस्य गरी ८४ पदक जितेको बङ्गलादेश पाचौं स्थानमा रहन सफल भएको छ ।

१ स्वर्ण र २ कांस्य गरी ३ पदक जितेको माल्दिभ्स छैटौं र ६ कांस्य पदक जितेको भुटान सातौं स्थानमा रहेका छन् ।

मंसिर १५ गतेबाट काठमाडौं, पोखरा र जनकपुरमा सुरु भएको साग प्रतियोगिता मंसिर २४ गते समापन हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here