बच्चाहरुमा पनि बढ्दै छ डिप्रेशन, कसरी पत्ता लगाउने ?

काठमाडौं । चिन्ता, तनाव र विभिन्न प्रकारका दुविधाहरु बच्चाहरुमा वर्तमान समयमा हुने र भईरहेका समस्या हुन् । कुनै कुनै समयमा जानाजान वा अन्जानका अभिवाकहरुको कारण नै बच्चाहरु चिन्तामा परिरहेका हुन्छन् ।

बच्चाहरु विभिन्न प्रकारका दबाव र प्रतिस्पर्धी भावनाको कारण तनाव र चिन्ताको शिकार बन्दै छन् ।

हरेक क्षेत्रमा हुने प्रतिस्पर्धाले बालबालिकाहरु चिन्तीत बन्दैछन् । धेरै नम्बर ल्याउनुपर्ने समस्या वर्तमान समयमा बालबालिकालाई सबैभन्दा धेरै चिन्तीत पार्ने समस्या हो ।

यस्तो अवस्थामा बालबालिकालाई विशेष रुपमा ध्यान दिनुपर्छ । हरेक कुरामा दबाव दिने बानीको कारण उनीहरु डिप्रेशनको शिकार बन्छन् र उनीहरुको जिवनशैली नै परिवर्तन हुन्छ ।

बालबालिकाहरुले दैनिक रुपमा देखाउने बानी व्यवहारबाट पनि उनीहरु चिन्ता र तनावमा छन् भन्ने कुरा बताउछ ।

यस्ता व्यवहार देखिन्छ बालबालिकामाः

१. राम्रोसंग निन्द्रा नलाग्नु

एक वयस्क मानिसमा जस्तै बालबालिका पनि तनाव र चिन्ता भएको अवस्थामा राम्रोसंग निधाउन सक्दैनन् । यदी तपाईंको बच्चापनि रातमा राम्रोसंग निधाउन सक्दैनन भने उ कुनै न कुनै रुपमा चिन्ता र तनावमा परेको हुनसक्छ ।

२. छिटो रिसाउने

बच्चाहरु तनावको शिकार हुँदा सामान्य कुराहरुमा पनि बारम्बार रिसाउने गर्छन् ।

उनीहरु आफ्नो भावना प्रस्तुत गर्ने तरिकाहरु जान्दैनन् । यदी तपाईंको बच्चापनि सामान्य कुरामा पनि अस्वभाविक रुपमा रिसाईरहन्छ भने उ तनावमा हुनसक्छ ।

३. नङ टोक्नु

जब कुनैपनि मानिस तनावमा हुन्छ उ आफ्नो नङ टोक्ने काम गर्छ । बच्चाहरुमा पनि यस्तै हुन्छ । जब बच्चाहरु तनाबग्रस्त र चिन्तीत हुन्छन् उनीहरु नङ टोक्छन् ।

४. खाने बानीमा परिवर्तन

बच्चा तनाबमा हुँदा खानेकुरा खाने बानीमा परिवर्तन देखिन्छ । यस्तो अवस्थामा बच्चाहरु कि त धेरै खान्छन् कि त केहीपनि खादैनन् । धेरै खाएपनि कम खाएपनि बच्चाहरुमा देखिएको यो परिवर्तनले बच्चाहरु चिन्तीत रहेको कुरा दर्शाउछ ।

५. धेरै मुख बिगार्नु

धेरैजसो बच्चाहरु सानो कुरामा पनि आफ्नो मुख बिगार्ने, आँखा तर्ने जस्ता क्रियाकलापहरु गरिरहेका हुन्छ । यस्तो अवस्थामा उनीहरु रिसाएका छन् वा उनीहरु चिन्तामा छन् भन्ने कुरा बुझ्नुपर्छ । र तुरुन्त उनीहरुसंग कुरा गर्नुपदर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here