चिसिँदै काठमाडौं,उपत्यकाको तापक्रम यो वर्षकै न्यून

काठमाडौं, २३ मंसिर । उत्यकाको तापक्रम सोमबार यो बर्षकै कम मापन गरिएको छ ।

सोमबार बिहान काठमाडौंको तापक्रम ४ दशमलव ४ डिग्रि सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो अहिलेसम्मकै कम भएको महाशाखाले जनाएको छ । बुधवारसम्म चिसो झनै बढ्ने महाशाखाले जनाएको छ।

उपत्यका र तराईमा हुस्सुका कारण चिसो बढिरहेको हो। पश्चिमी वायुको प्रभाव बढ्दा हिमाली क्षेत्रमा बर्षा र हिमपात हुने सम्भावना छ।

कस्तो रहन्छ आगामी तीन दिनको मौसम

सोमबार

दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंगलबार

दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ ।

बुधबार

दिउँसो: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही उच्च पहाडि तथा हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने तथा बाँकी भूभागमा मौसम आंशिक बदलि रहनेछ।

राती: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वि पहाडी भू-भागमा सामान्य बदलि रही थोरै स्थानहरिमा हल्का देखि मध्ययम हिमपात हुने तथा बाँकी भूभागमा आंशिक बदलि रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here