सोमवार पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २३ मंसिर । सोमवार पनि छापावाल सुनको मूल्यमा कमी आएको छ । सोमवार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घट्यो ।

आइतवार प्रतितोला ७१ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमवार २०० रुपैयाँ घट्दै ७१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमवार तेजावी सुनको मूल्य पनि प्रतितोला २ सय रुपैयाँले घट्यो ।

आइतवार प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य सोमवार २०० रुपैयाँ घट्दै प्रतितोला ७० हजार ७ सय रुपैयाँमा झरेको महासंघले बताएको छ ।

सोमवार चाँदीको मूल्यमा पनि कमी आयो ।

आइतवार प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार ५ रुपैयाँले घट्दै प्रतितोला ८ सय ३५ रुपैयाँमा झरेको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here